दूध उत्पादन गर्ने किसानलाइ प्रदेश ५ सरकारको हौसला

श्रावण १२, २०७७

किसानलाई प्रोत्साहन गरेर उत्पादन बढाउने धेरै तरिका  हुन सक्छन् । प्रदेश ५ सरकारले भने दूध उत्पादनका आधारमा किसानलाई प्रत्यक्ष अनुदान बाँडेको छ । किसानले कोरोना भाइरसको संक्रमण र लकडाउनकाबेला प्रतिलिटर १० रुपैयाँ र अन्य समयमा प्रतिलिटर दुई रुपैयाँ दूध अनुदान पाएका छन् ।