असार २३, २०७७
लकडाउनका कारण हिउँदे उत्पादन खेतमै कुहिएपछि बर्षमा दुई सिजन तरकारी उत्पादन गर्ने धेरै किसानले बर्खे तरकारी पनि लगाउन सकेनन् । यसै कारण बजारमा अहिले तकारीको मूल्य दुई गुणाले महंगिएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्यांक अनुसार यो सिजनको तरकारी उत्पादनमा बीस प्रतिशतले बृद्धि भएको थियो । तर, कोरोना महामारीका कारण भएको लडकडाउनले तरकारी उपभोक्तासम्म पुर्याउन सकिएन ।
सुदूरपश्चिममा करिव ७० प्रतिशत भारतबाट आयात हुादै आएकोमा स्थानीय स्तरमै बढ्ने उत्पादनले यो मात्रा घटाउने अपेक्षा गरिएको थियो । तर, स्थानीय उत्पादनलाई खपत गर्न सरकारी निकायबाट सहजिकरण नहुादा तरकारी बारीबाटै उठ्न सकेन ।
महामारीमा सर्तकतासहित खेतवारीको उत्पादनलाई बजारसम्म पुर्याउने प्रभावकारी पहल हुनसके किसानको मेहनत खेर जाने थिएन भने उपभोक्ताले सस्तो, ताजा र सुरक्षित उपभोग्य कुरा पाउने थिए ।