नरैनापुरमा भारतको बढ्दो सुरक्षा पूर्वाधार चुनौती बन्दै

असार २३, २०७७

बाँकेको पूर्व दक्षिणपर्ने अन्तिम सीमाको यो दशजगा नजिकै भारतीय अर्धसैनिक बल धेरै पहिलेदेखि नै तैनाथ छ । आवश्यक पूर्वाधारबाट पनि निर्माण गरिएको छ । तर, नेपाल तर्फको प्रहरी चौकी भने खण्डहर जस्तै देखिन्छ । भत्किएर पुरिने भयले यहाा रहेका सुरक्षाकर्मी नै असुरक्षित महसुस गर्छन् । त्यसैमा सुरक्षा र सूचना पूर्बाधार केही पनि छैन । 

अन्तिम सीमाको नजिकै उत्तरपूर्वतिर पहाड र जंगल क्षेत्रपर्छ । जुनसैन्य रणनीति र सामरिक दृष्टले  महत्वपूर्ण छ । दक्षिणतिर पनि भारतीय जंगल क्षेत्र छ, जहाा भारतले क्रमिक रुपमा आफ्नो सुरक्षा सन्जाल विस्तार गर्दै आएको छ । नेपाल तिरको भौगोलिक आवश्यकताप्रति भने स्थानीय बाहेक अरुको चासो छैन । 

करिब ८४ किलोमिटर लम्बाई रहेको बाँकेको राप्ती नदी पूर्वको ५० किलोमिटर क्षेत्रमा त्यसै पनि सुरक्षा अवस्था निकै कमजोर छ । यस्तो बेलामा सामरिक महत्वलाई कहिले र कस्ले बुझिदिने ? स्थानीयको प्रश्न छ ।