ऋण तिर्न बैंकहरुको ताकेता

असार २३, २०७७

बै‌क तथा वित्तीय संस्थाले ऋणीलाई किस्ता तिर्नका लागि ताकेता बढाएका छन् । तर लकडाउनले तीन महिनासम्म व्यापार व्यवसाय ठप्प भएकाले ऋणीहरु भने किस्ता तिर्ने म्याद बढाउन र ऋणको ब्याज घटाउनका लागि सरकारलाई गुहारिरहेका छन् ।   आर्थिक वर्ष सकिन लागेको भन्दै बैंक तथा बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्नका लागि ताकेता बढाएपछि विराटनगरका उद्योगी व्यवसायीले सोमबार प्रदर्शन नै गरे । लकडाउनले तीन महिनासम्म उद्योग व्यवसाय ठप्प भएको थाहा हुादाहुादै किस्ताका लागि ताकेता गरेकामा उनीहरुले विरोध मात्र गरेनन्, ऋणको ब्याज घटाउन र किस्ता तिर्ने म्याद बढाउनुपर्ने माग समेत गरे । हुन पनि असार १ गतेदेखि लकडाउन खुकुलो भएपनि सामान्य अवस्थामा जस्तो आर्थिक गतिविधि भएको छैन । अझ तीन महिनासम्म त खाद्यान्न र औषधि वाहेकका उद्योग व्यवसाय ठप्प नै रहे । यस्तो अवस्थामा अधिकांश उद्योगी व्वसायी ऋणको किस्ता तिर्न सक्ने अवस्थामा छैनन् । विराटनगरका उद्योगी व्यवसायीले किस्ता तिर्ने अवधि एक वर्ष थप गरिनुपर्ने लगायत सात बुादे मागपत्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाएका छन् । 

विराटनगर जस्तै अन्यत्रका उद्योगी व्यवसायीले पनि व्यापार चौपट भएकाले आर्थिक गतिविधि सहज नभएसम्मका लागि सरकारले बैंक तथा वित्तिय संस्थाको ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने माग गर्दै आएका छन् । कतिपय व्यापारीले त आम्दानी नभएकाले घरभाडा ५० प्रतिशत घटाउनुपर्ने समेत भनिरहेका छन् । लकडाउन खुकुलो भएपनि सार्वजनिक यातायात त सञ्चालनमा आएकै छैनन् । गाडी ग्यारेजमै छन् । यस्तो बेला बैंक तथा वित्तीय संस्था भने मुनाफा देखाउनका लागि ऋणीलाई ताकेता गरिरहेका छन् । जबकि २७ वटा वाणिज्य बैंकले चैत मसान्तसम्म नै वितरणयोग्य मुनाफा १२ अर्ब रुपैयाा कमाइसकेका थिए । खराब कर्जा बढ्न नदिनका लागि किस्ता तिर्न ताकेता गर्नुपरेको उनीहरुको भनाइ छ । लकडाउनले प्रभावित नभएका उद्योगी व्यापारी र नियमित तलब पाउादै आएका जागिरेहरुलाई बैंकको ताकेता अस्वाभाविक होइन । ऋण लिएपछि तिर्नु ऋणीको जिम्मेवारी हो ।  नतिरे ऋणी आफैं समस्यामा पर्छ । तर यतिखेर सबै ऋणीलाई एकै खाले व्यवहार गरिनुलाई चाहिं अव्यवहारिक मानिएको छ । जसमा राष्ट्र बैंक मौन बसेको छ ।