पाँच पटकसम्म म्याद थप, सडक स्तरोन्नती ३० प्रतिशतभन्दा बढी बाँकी

असार २३, २०७७

गएको कार्तिकमा कमलविनायक-नगरकोट सडकखण्ड एकाएक चर्चामा आयो । कारण थियो, स्तरोन्नतीमा भइरहेको लापरवाहीबिरुद्ध स्थानीयले थालेको पोष्टर आन्दोलन । स्थानीयले निर्माण कम्पनीका मालिक शारदाप्रसाद अधिकारीको पोष्टर सवारी सधान र पोलपोलमा टाँसेर बिरोध जनाए । नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरवेटीसमेत रहेका अधिकारीको त्यही शैलुङ्ग निर्माण कम्पनीले अहिलेसम्म पनि काम सकेको छैन । राजनीतिक पहुँच र शक्तिका भरमा पाँच पटकसम्म म्याद थप भएको स्तरोन्नतीको काम अझै ३० प्रतिशतभन्दा बढी बाँकी नै छ । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको करिव १६ किलोमिटर सडक स्तरोन्नतीमा भइरहेको ढिलाईप्रति बिरोध जनाउादै स्थानीयले पटकपटक दवावमूलक कार्यक्रम गरे । कहिले ठेक्का पाएको निर्माण कम्पनी शैलुङ्ग कन्सट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको पोष्टर टाासे त, कहिले सडकमै  रोपाइ गरे । तर, दवावका बेला गति बढाउने अनि काम छाड्ने प्रवृतिले अहिलेसम्म स्तरोन्नती सकिएको छैन ।

२०७१ मा भएको सम्झौता अनुसार चार वर्ष अघि नै सडक स्तरोन्नतीको काम सकिनुपर्ने थियो । तर, अहिलेसम्म ७० प्रतिशत मात्रै सकिएको छ । निर्माण कम्पनीले बिभिन्न बाहाना बनाउादै कामलाई निरन्तरता दिएको छैन भने राजनीतिक दवावमा म्याद थप गराउादै आएको छ । अहिलेसम्म पााच पटक म्याद थप भइसकेको सडक बिस्तार आयोजनाले जनाएको  छ । पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडकखण्ड नै पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । सबैजसो चुनावमा मुख्य एजेण्डा बन्ने यो सडक निर्माण भक्तपुर क्षेत्र नम्बर-१ क को उप-निर्वाचनका बेला स्थानीयले गरेको बिरोध शैलीका कारण चर्चामा आयो । नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरवेटी समेत रहेको ठेकेदार अधिकारीले त्यसबेला बिरोधमा उत्रिएका स्थानीयसंग तत्कालै काम सक्ने प्रतिवद्धतासहित रातारात कामलाई गति दिएका थिए । तर, जसै चुनाव सकियो काम पनि रोकियो । पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले अटेर गरेको आयोजनाले जनाएको छ । भारतको एक्जीम बैकको ३२ करोड ऋण सहयोगमा यो सडक स्तरोन्नतीको काम थालनी भएको हो । पााचौ पटक थपिएको म्याद अनुसार अवको पाँच महिनामा बााकी ३० प्रतिशत काम सकिनुपर्ने छ । तर, आयोजना स्थलमा भने न कुनै कामदार छन् न, मेसिन र चहल-पहल नै । राजनीतिक शक्तिको आडमा निर्माण कम्पनीले ठेक्का हात पारी आयोजना कसरी अलपत्र पार्छन् भन्ने कुराको उदाहरण बनेको छ-कमलविनायक-नगरकोट सडकखण्ड ।