चुक्ता पुँजी बृद्धिको नीतिले विकास बैंकको संख्या तीन चौथाइ घट्यो

असार २२, २०७७

नेपाल राष्ट्र बैंकले २०७२  साउनमा मौदि्रक नीतिमार्फत २०७४ असार मसान्तसम्म वाणिज्य बैंकले चुक्ता पूाजी २ अर्बबाट ८ अर्ब, विकास बैंकले २ अर्ब ५० करोड  र वित्त कम्पनीले ८० करोड  पुर्‍याउनु पर्ने व्यवस्था गर्यो । यो नीतिले वाणिज्य बैंकको संख्या खासै घटेन । उनीहरुले पुाजी बढाउन विकास बैंक र वित्त कम्पनीलाई आफूमा गाभे । जसको असर विकास बैंक र वित्त कम्पनीको संख्या ह्वात्तै घटेको छ । विकास बैंक ७६ बाट २१ वटामा सीमित भएका छन् । यी मध्ये केही अरुसाग गाभिने तयारीमा छन् । खासगरी साना तथा मझौला व्यवसायीलाई लक्षित गरेर विकास बैंक खोलिएका हुन् । वाणिज्य बैंकको लगानीको मुख्य क्षेत्र ठूला उद्योगी व्यापारी हुन् । तर विकास बैंकको संख्या उल्लेख्यरुपमा घटेपछि यसको असर साना तथा मझौला व्यवसायमा ऋण लगानीमा पर्ने जोखिम देखिएको छ । 

पुाजी बृद्धिको योजनापछि वाणिज्य बैंकले ३५ वटा विकास बैंकलाई आफूमा गाभेका छन् । यसवाहेक विकास बैंकहरु पनि एक आपसमा गाभिएका छन् । जबकि साना तथा मझौला उद्यममा भएको ऋण लगानीको ६० प्रतिशत विकास बैंकको लगानी हो । त्यति मात्र होइन काठमाडौं वाहिर कृषि क्षेत्रमा पनि विकास बैंककै लगानी ठूलो छ । विकास बैंकको संख्या घटेकाले अब यसको असर विस्तारै कृषि क्षेत्रमा पनि पर्ने देखिन्छ । 

विकास बैंक मात्र होइन वित्त कम्पनीको संख्या पनि ४८ बाट ३५ मा झरेको छ ।  पूर्वाधारका ठूला आयोजनामा वाणिज्य बैंकले लगानी गर्न सकुन् भन्ने उद्देष्यले राष्ट्र बैंकले  पुाजी बृद्धिको नीति लिएको हो । ठूला आयोजनामा लगानी जुटाउन लिइएको नीतिले साना व्यवसाय प्रभावित हुने जोखिमलाई राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौदि्रक नीतिमार्फत कसरी सम्बोधन गर्ला ?