Kantipur Samachar | कान्तिपुर समाचार, १६ असार २०७७

असार १६, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, १६ असार २०७७

आजको मुख्य समाचार -

* नेकपा स्थायी समिति बैठकमै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग / राजीनामा भारतले नभइ आफूले मागेको अर्का अध्यक्ष दाहालको भनाई । 

* आज कोरोना भाइरसका ३ सय १६ जना बिरामी थपिए / काठमाडौँ उपत्यकामै थपिए १४ जना / मुलुकभर संक्रमित संख्या १३ हजार ५ सय ६४ पुग्यो । 

* परीक्षण क्वारेन्टिनकेन्द्रित हुँदा संक्रमणको दर स्थिर / दैनिक ६ देखि १० प्रतिशतमा भाइरस पुष्टि / तत्काल अटोमेसिन किनेर परीक्षण बढाउन संसदीय समितिको निर्देशन ।

* बजार खुलेको दोस्रो दिनमै सेयरमा उछाल / नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि तीनपटक सर्किट ब्रेक । 

 

* कोरोना संक्रमणको प्रभाव कम रहेका १४ देशका पर्यटकलाई प्रवेश दिने युरोपेली संघको घोषणा / अमेरिकी, चिनीयाँ र ब्राजिलियनहरु भने छिर्न नपाउने ।

थप जानकारीका लागि यस लिंकमा गई १६ असार २०७७, मंगलबारको कान्तिपुर समाचार हेर्नुहोस् ।