सिंहदरबारको मूलद्वार नै अन्धकारमय, सरकारी निकायलाई वास्तै छैन

आश्विन २९, २०७६

सिंहदरबारको वैभवलाई देखाउँछ । यो शक्तिशाली निकायको मूलद्वारमा अंकित कला र यससँग जोडिएको इतिहासको बेग्लै चर्चा हुन सक्छ । तर उज्यालो छउन्जेल आकर्षक देखिने दृष्य साँझ पर्दै गएपछि भने अँध्यारोमा हराउँदै जान्छ ।

मुख्य प्रशासनिक केन्द्रको मूल ढोका साँझ पर्दै गएपछि अन्धकारमा हराउन थालेको महिनौँ भयो । न सडक बत्तीको व्यवस्था छ, न त ढोकामा । रात परेपछि आउनेहरुले यो सिंहदरबारको मुख्य प्रवेशद्वार हो भनेर ठम्याउन समेत गाह्रो छ । तर बत्ति जडानमा कुनै पनि तहका सरकारले चासो दिएका छैनन् ।

लोडसेढिङ छउन्जेल सरकारी निकायलाइ एउटा बत्ती नबाल्ने एउटा बहाना थियो । तर विद्युत प्राधिकरणले यतिखेर सक्दो धेरै बिजुली खपत गरिदिन आग्रह गरिरहेको छ । तर कैंयौ ठाउँमा साैर्य बत्ती जडान गरेरै झिलिमिलि पार्न ठेक्का दिने महानगरपालिकाले समेत केन्द्रीय सचिवालयको यो अवस्थाप्रति बेवास्ता गरेको देखिन्छ ।