दोलखा शैलुङ र भिमेश्वरका किसानलाई तरकारी बजार पुर्याउनकै पिरलो

आश्विन ३, २०७६

व्यवसायिक कृषिका लागि दोलखामै अग्रणी मानिने शैलुङ गाउँपालिकामा अहिले पनि भरपर्दो यातायात सेवा छैन । ग्रामीण सडकको दयनीय अवस्थाका कारण तरकारी र अन्य कृषि उत्पादन बजारसम्म पुर्‍याउन समस्या छ । यातायात नियमित नभएर समयमा उत्पादन बजारसम्म ल्याउन नपाउँदा किसानले वर्षेनी क्षति बेर्होनु परेको छ ।

बारीका काउली, केराउ लगायतका तरकारी टिपेर बेच्ने समय पूगी सकेको छ । वर्षातले यातायात नचल्दा कहिले बजार लैजान पाउने हो, त्यो भने टुंगो छैन । दोलखाको शैलुङ गाउापालिका ढुङगेका किसान आजभोलि यही समस्यामा छन् । वर्षा रोकिए मात्रै तरकारी बजार लैजान पाउने उनीहरुलाई परिश्रम हात नलाग्ने पो हो की ? भन्ने चिन्ता छ । ग्रामीण सडकको स्तरोन्नति र नियमित यातायात अभावले शैलुङ गाउापालिकाका किसानको यो समस्या वर्खामा मात्रै होइन हिउँद र यसपाली मात्र  नभई वर्षेनी दोहोरिरहन्छ । पााचदेखि वर्षामा यातायात अवरुद्ध भएर तरकारी बजार लैजान नपाउादा यहााका किसानको ९ करोड बरावरको तरकारी बारीमै कुहिएको थियो । यातायात असुबिधाकै कारण गतवर्ष लागत मूल्य पनि नउठ्ने गरी बिचौलियालाई तरकारी बेचेको किसानको अनुभव छ । शैलुङ मेलुङ गाउापालिका र भीमेश्वर नगरपालिका करिव २० हजार किसानले राजमार्ग र ग्रामीण सडकको दुरावस्थाका कारण हिजोआज तरकारी बजार लैजान नपाएको स्थानीय सरकारको तथ्यांक छ । शैलुङ मेलुङमा १३ सय हेक्टर र भीमेश्वरमा ९ सय हेक्टरमा तरकारी खेती हुने गरेको छ । जसमा वाषिर्क १८ हजार टन तरकारी उत्पादन हुन्छ । यसको मुख्य बजार राजधानी हो । मुस्किलले हिउादको ३ देखि ५ महिनासम्म चल्ने यातायात सामान्य वर्षामा पनि  चल्दैन । स्थानीय तहमा सरकार बनेपछि पनि सडक स्तरोन्नतीका नाममा बजेट मात्रै सक्ने काम भएको किसानको आरोप छ ।