भारत र चीनको मुद्रा अमेरिकी डलरको तुलनामा सस्तिएपछी पर्यटन व्यवसायमा प्रभाव पर्ने जोखिम

आश्विन ३, २०७६

गत वर्ष भदौको अन्तिममा ६९ भारतीय रुपियाामा एक अमेरिकी डलर खरिद गर्न सकिन्थ्यो । तर अहिले एक डलर खरिद गर्न ७१ भारु खर्च गर्नुपर्छ । भारतको अर्थतन्त्र सुस्ताएसागै त्यहााको मुद्रामा पनि संकुचन आएको छ । भारतको मात्र होइन, अहिले चिनियाा मुद्रा पनि गत वर्षको तुलनामा कमजोर भएको छ । गत वर्ष ७ युआनभन्दा कम चिनियाा युआनमा एक अमेरिकी डलर खरिद गर्न सकिन्थ्यो । तर अहिले ७ दशमलव १० चिनियाा युआन खर्च गर्नुपर्छ । भारत र चीन दुवै मुलुकको मुद्रा खस्किएको असर नेपालमा, खासगरी पर्यटन व्यवसाय, निर्यात र ती मुलुकबाट आउने लगानीमा पर्ने अर्थशास्त्रीको भनाइ छ । 

नेपालमासबैभन्दा धेरै पर्यटक भारतबाट आउाछन् । वैदेशिक लगानीको ठूलो स्रोत पनि भारत नै हो । लगानी र पर्यटक धेरै पठाउने मुलुकमा चीन दोस्रो नम्बरमा छ । त्यति मात्र होइन, नेपालको निर्यात व्यापारमा पनि भारत र चीन नै ठूला हिस्सेदार हुन् । मुद्रा कमजोर हुादा ती देशमा उत्पादित वस्तुको मूल्य घट्छ । जसका कारण त्यहााका वस्तुसाग प्रतिस्पर्धा गर्न नसकेर नेपाली वस्तुको निर्यात घट्ने जोखिम हुन्छ । तर ती मुलुकबाट कच्च्ाा पदार्थ आयात गरेर प्रशोधित रुपमा तेस्रो मुलुकमा निर्यात गरेर फाइदा लिने अवसर भने नभएको होइन ।

भारुसाग नेपाली रुपैयााको विनिमयदर स्थिर छ । यसको अर्थ भारु खस्केसागै नेपाली मुद्रा पनि कमजोर भएको छ । त्यसैले छिमेकी मुलुकको मुद्रा खस्केका कारण अर्थतन्त्रमा पर्ने असरबारे होसियार भइ लाभ लिनतिर ध्यान केन्दि्रत गर्नुपर्ने देखिन्छ ।