Kantipur Samachar | कान्तिपुर समाचार, २५ भाद्र २०७६

भाद्र २५, २०७६

आजको मुख्य समाचार -

* डेंगु नियन्त्रणमा सरकारले गम्भीरता नदेखाएको भन्दै संघीय संसदका दुवै सदनमा चर्को आलोचना / संक्रमितको संख्या बढेपछि ब्लड बैंकलाई रगतको माग धान्नै मुस्किल ।  

* एनसेलको पुँजीगत लाभकर घटाउने सर्वोच्चको फैसलामा नेपाल बार एसोसिएसनको पनि चासो / फैसला अध्ययन गर्न समिति नै गठन । 

* विश्वविद्यालय नियमन गर्ने ऐनको मस्यौदा निर्माणमा अपारदर्शी शैली / सरोकारवालासँग छलफल नै नगरेको भन्दै प्राज्ञहरुको आपत्ति ।

* प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिकसँगै अरु सैन्य अधिकारीलाई समेत नैतिक दबाब /  विवादित अवकाशप्राप्त अधिकृतको सम्पत्ति छानबिनमा अख्तियारको अलमल ।  

*  संसद निलम्बन गर्ने प्रधानमन्त्री बोरिस जनसनको निर्णय गैरकानूनी भएको स्कटल्याण्ड उच्च अदालतको ठहर / फैसलाविरुद्ध जनसन सर्वोच्च अदालत गुहार्ने ।