जनप्रतिनिधि नै अवैध बालुवा उत्खननमा

भाद्र १, २०७६

 

गत शनिवार धादिङको दरिङाल खोलामा बालुवा झिक्ने २ मजदुरको खोलामा डुवेर मृत्यू भयो । अवैध रुपमा रातको समयमा खोलाबाट वालुवा निकाल्ने क्रममा डोजरले बनाएको ठुलो खाल्टोमा परेर २ युवकको ज्यान गएको हो । सोमबार नै नुवाकोटको ककनीस्थित कोल्पुखोला किनारमा पनि बालुवाको अबैध उत्खनन्का लागि बनाईएको खाल्डोमा परि २ जनाको मृत्यु भयो । यसरी अवैध उत्खननका क्रममा बनेको खाल्टामा परेर ज्यान गएको यो प्रतिनिधि घटना मात्र हो । हरेक वर्ष धादिङ र नुवाकोट क्षेत्रमा अवैध उत्खननका कारण मानिसले अकालमा ज्यान गुमाउदै आएका छन् । स्थानीय निकायले यसको अनुगमन गर्नुपर्नेमा जनप्रतिनिधि नै अवैध उत्खननमा कतै न कतै जोडिने गरेका छन् । स्थानीय निकायले खवरदारी नगरेकै कारण प्रहरी परिचालन गरेपनि उत्खनन् लुकिछिपि हुने गरेको स्थानीय प्रसासनले स्वीकार गरेको छ । 

स्थानीय सरकार जति शक्तिशाली भएको छ त्यति जनप्रतिनिधिहरु आफ्नो क्षेत्रका प्राकृतिक बस्तुको संरक्षणमा लाग्नुको सटटा विभिन्न किसिमका प्रलोभन परेका कारण अवैध उत्खनन् नरोकिएको अनुगमनकारी निकाय, जिल्ला समन्वय समितिका प्रमुख बताउाछन् । रातभर खोलामा ठुला मेसीनको प्रयोग गरि हुने उत्खननमा स्थानीय सरकारले प्रश्रय दिइ प्रदेश सरकार मौन बसिरहदा एकातिर अवैध दोहनले बढवा पाउछ भने अर्को तर्फ जताततै बन्ने ठुला खाल्टाले मानवीय क्षति समेत बढाउने हुादा यसतर्फ संघीय सरकारले समेत चासो दिन जरुरी देखिन्छ ।