कान्तिपुर टेलिभिजन १६ औं बर्षमा प्रवेश

असार २९, २०७५

कान्तिपुर टेलिभिजन आजदेखि स्थापनाको १५ बर्ष पुरा गरी १६ औं बर्ष प्रवेश गरेको छ ।

२०६० असार २९ गते विधिवत् प्रशारण आरम्भ गरिएको कान्तिपुर टेलिभिजन नयाँ प्रविधिलाई आत्मसात् गर्दै समाचार र मनोरञ्जनात्मक कार्यक्रमसहित विश्वभरका नेपालीमाझ पुगेको छ । सन् २०११ देखि अटोमेसन प्रविधिबाट प्रशारणको स्तरोन्नती गरेको कान्तिपुर टिभीले हाल उच्च दृष्टीकोण सहितको हाइडेफिनेसन प्रविधिलाई अवलम्बन गरेको छ । २०७४ मंसिर २७ गतेदेखि  एचडी प्रविधिबाट विश्वका एक सय भन्दा बढी मुलुकमा प्रशारण भइरहेको कान्तिपुर टिभी युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ ।

सत्यतथ्य समाचार,  समसामयिक विश्लेषणका साथै मनोरञ्जनात्कम कार्यक्रम मार्फत दर्शकमाझ अत्याधुनिक प्रविधिमैत्री बनाउँदै सधैँ ताजा सूचना र मनोरञ्जनका लागि कान्तिपुर टेलिभिजन प्रतिबद्ध छ ।