कान्तिपुर समाचार

Kantipur Samachar | कान्तिपुर समाचार, ०७ जेठ २०७९

जेष्ठ ७, २०७९

आजको मुख्य समाचार* स्थानीय तह निर्वाचनको ६० वटा पालिकाको नतिजा आउन बाँकी / विराटनगरमा कांग्रेसका नागेशले जित्दा काठमाडौंमा बालेन्द्र र चितवनमा रेणुको अग्रता कायमै / हेटौंडा र बुटवलमा एमालेको किल्ला भत्कियो । * आठ वर्षअघिको बलात्कार घटनाका आरोपी मनोज पाण्डे काठमाडौंबाट पक्राउ / पीडितलाई न्‍याय दिन माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन ।* सातामा दुई दिन बिदा दिने सरकारी निर्णय स्थानीय तह र शैक्षिक संस्थाले मानेनन् / शिक्षा प्रणालीमै आघात पुग्ने नीजि विद्यालय सञ्चालकको ठम्याइ / कारबाही गर्ने सरकारको चेतावनी । * अस्ट्रेलियामा भएको आमनिर्वाचनमा विपक्षी लेबर पार्टी बहुमत नजिक / प्रधानमन्त्री मोरिसनद्वारा हार स्वीकार / विपक्षी नेता एन्थोनी अल्बानीज नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का । * युगान्डा विरुद्धको पाँचौं तथा अन्तिम टि-ट्वेन्टी खेलमा नेपाल ३३ रनले विजयी / तीन- दुईले सिरिज गुमाएका नेपाली खेलाडी भन्छन्- फिटनेसमा सुधार आवश्यक ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०६ जेठ २०७९

जेष्ठ ६, २०७९

आजको मुख्य समाचार* नवनिर्वाचित जनप्रतिनिधिले सम्हाल्न थाले कार्यभार / शिक्षा, स्वास्थ्य,कृषि र रोजगारीलाई प्राथमिकता दिने प्रतिवद्धता / मतगणनामा ढिलाइ हुँदा करिब ९० पालिका जनप्रतिनिधिविहीन । * अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक / कांग्रेस २ सय ९८, एमाले १ सय ८५ र माओवादी केन्द्र १ सय १५ स्थानमा विजयी / महानगरको मतगणना भने पट्यारलाग्दो । * ८ वर्ष अघिको बलात्कारको घटनाले सडकदेखि संसदसम्म तरंग / छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको सरकारलाई निर्देशन / प्रहरीले थाल्यो अनुसन्धान । * सामाजिक र आर्थिक रूपान्तरणको योजनासहित सरकारको नीति तथा कार्यक्रम तयार / ३१ लाख रोजगारी सिर्जनाको लक्ष्य / आयात प्रतिस्थापन प्राथमिकता । * एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टिम घोषणा / कप्तान किरण चेम्जोङ र क्याम्प छाडेका १० खेलाडी भने अटाएनन् ।

पूरा पढ्नुहोस् »

Pradesh Bishesh | प्रदेश विशेष, ०६ जेठ २०७९

जेष्ठ ६, २०७९

प्रदेश विशेषमा आज,* स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिले सम्हाल्न थाले कार्यभार / भन्छन– शिक्षा र स्वास्थ्यलाई ख्याल गर्छौं । * पिछडिएको समुदायका प्रतिनिधि गाउँ सरकारका अगुवा/ चुनाव जितेपछि उमंग ।* यसपटकको निर्वाचनमा बदर मत बढ्यो / मतदाता शिक्षा अभाव मुख्य कारण । * जनकपुर उपमहानगरमा इतिहास दोहोरिने संकेत / स्वतन्त्र उम्मेदवार साहको अग्रता ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०५ जेठ २०७९

जेष्ठ ५, २०७९

आजको मुख्य समाचार* ८० प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक / २ सय ५९ सहित कांग्रेस पहिलो स्थानमा/ एमालेको १ सय ६७ माओवादी केन्द्र १ सय ६ स्थानमा विजयी / काठमाडौंमा बालेन्द्र र भरतपुरमा रेणुको अग्रता * गठबन्धनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई हुँदा जसपा र एकीकृत समाजवादी जोगिए / विश्लेषक भन्छन्- लोकतन्त्रमा गठबन्धन संस्कृति गलत । * नवनिर्वाचित जनप्रतिनिधिले भोलिबाट कार्यभार सम्हाल्दै / सुशासन र विकासमा चुके पनि अघिल्लो कार्यकाल संघीयताको जग बसाल्न सफल / सेवा प्रवाह भने सन्तोषजनक भएन । * रुसी इन्धनको निर्भरता कम गर्न युरोपेली यूनियनले ल्यायो नयाँ योजना / मारिओपोलमा करिब ८ सय युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी । * नेपालको कमजोर प्रदर्शनले टि-ट्वेन्टी सिरिज युगाण्डाको कब्जामा / तेस्रो खेलमा पनि नेपाल ६ विकेटले पराजित / ज्योती पाण्डेको ब्याटिङ भने शानदार ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०४ जेठ २०७९

जेष्ठ ४, २०७९

आजको मुख्य समाचार* दुई तिहाईभन्दा बढी पालिकाको मतगणना सकियो / २ सय २२ स्थान जितेको कांग्रेस जारी गणनामा पनि अगाडि / एमाले १ सय ४४ र माओवादी केन्द्र ९६ स्थानमा विजयी । * नवनिर्वाचित जनप्रतिनिधिसामु जितको उत्साहसँगै चुनौतिका चाङ / मतदाता भन्छन् – स्वास्थ्य, शिक्षा र रोजगारीसहित सुशासन मुख्य प्राथमिकता । * नयाँ बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल सुरु / कृषि र पूर्वाधार विकासमा सरकारको जोड / निम्नवर्गलाई समेट्न नसकेको प्रतिपक्षीको आरोप ।* सैन्य गठबन्धन नेटोमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदन / प्रस्ताव पारित भए युरोपको सुरक्षा संरचनामा महत्वपूर्ण परिवर्तन ।* नेपाल टी – ट्वेन्टी लिगको पहिलो संस्करण असोज ८ गतेदेखि / ६ टिम सहभागि हुने / पहिलो श्रेणीका खेलाडीको न्यूनतम् मूल्य १५ लाख ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ जेठ २०७९

जेष्ठ ३, २०७९

आजको मुख्य समाचार * तीन सय ५८ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा १ सय ५९ स्थानमा जित हाँसिल गर्दै कांग्रेस अग्रस्थानमा / एमाले १ सय ५ र माओवादी केन्द्र ७७ स्थानमा विजयी । * निर्वाचनको मतपरिणामले दलीय शक्ति सन्तुलन हेरफेरको संकेत / स्वतन्त्रको टक्करले ठूला दललाई सकस / महानगर र उपमहानगरमा साख जोगाउन एमालेलाई चुनौती । * संघीय संसदको बजेट अधिवेशन सुरु / प्रमुख प्रतिपक्षी एमालेले नौ महिनादेखि गर्दै आएको अवरोध हटायो / प्रि बजेट छलफल भोलिदेखि ।* नेटोमा आवद्ध हुन फिन्ल्याण्ड र स्वीडेनले गरेको अपिलप्रति टर्कीको आपत्ति / दुवै मुलुकले कुर्दिस पृथकतावादीलाई आश्रय दिईरहेको आरोप । * टि-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित / घरेलु टोली सिरिजमा २-० ले पछि / हारको मुख्य कारण कमजोर फिल्डिङ ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०२ जेठ २०७९

जेष्ठ २, २०७९

आजको मुख्य समाचार * एक सय ८२ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस ७७, एमाले ५४ र माओवादी केन्द्र ३९ स्थानमा विजयी / जारी मतगणनामा पनि कांग्रेस अगाडि । * महानगरको मत परिणामले उत्सुकता बढाउँदै / काठमाडौंमा स्वतन्त्र उम्मेद्वार झण्डै दोब्बर मतले अघि / भरतपुरको प्रतिस्पर्धा पनि रोचक ।* लुम्बिनीमा बुद्ध जयन्ती मनाएर फर्किए भारतीय प्रधानमन्त्री मोदी / दुई देशबीच उर्जा लगायत ६ विषयमा सम्झौता / अरुण चौथो बनाउने जिम्मा भारतको सतलजलाई । * भैरहवास्थित गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आजदेखि व्यवसायिक उडान सुरु / लुम्बिनी क्षेत्रको विकाससँगै विश्व बजारमा पहुँच बढ्ने प्रधानमन्त्री देउवाको भनाई ।* युगान्डाविरुद्धको पहिलो महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल १२ रनले परिजत / सिरजमा घरेलु टोली १ शून्यले पछि ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ जेठ २०७९

जेष्ठ १, २०७९

आजको मुख्य समाचार * अहिलेसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक / एमाले १३, कांग्रेस १०, माओवादी केन्द्र ७ र एकीकृत समाजवादी २ स्थानमा विजयी / जसपा र लोसपा धेरैपछि । * मतगणनामा कांग्रेसको अग्रता / एमाले दोस्रो र माओवादी तेस्रो / निर्वाचनको तीन दिनपछि एमाले भन्छ – धाँधली भयो / एमालेको आरोप जनमतको अपमान भएको कांग्रेसको जिकिर ।* बदर मतको संख्या बढ्दो / मतगणनामा पनि अस्वाभाविक ढिलाइ / जेठ ५ गतेसम्म सबै गणना सक्ने आयोगको दावी ।* बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदै / प्रधानमन्त्री देउवासंग बुद्ध सर्किट, उर्जा र व्यापार लगायतका विषयमा छलफल हुने ।* नेपाली राष्ट्रिय महिला टिम र युगान्डबीचको टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भोलिदेखि / दर्शकलाई निशुल्क प्रवेश ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ३१ बैशाख २०७९

जेष्ठ १, २०७९

आजको मुख्य समाचार * स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी / एमाले ६, कांग्रेस तीन, एकीकृत समाजवादी दुई र माओवादी केन्द्र एक पालिकामा विजयी / कांग्रेसको अग्रतालाई पछ्याउँदै एमाले । * बागी र स्वतन्त्र उम्मेदवारले पाएको प्रारम्भिक मत परिणामले धेरैको ध्यानाकर्षण / काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन र धनगढीमा हमालको अग्रता / चितवनमा रेणु दाहाल र विजय सुवेदी हाराहारीमा । * मत गणनामा अस्वाभाविक ढिलाइ / उम्मेदवारका प्रतिनिधिलाई चित्त बुझाउनै सकस / पाँच दिनभित्र सबै मत गनिसक्न आयोगलाई चुनौती । * द्रुत गतिमा फैलिएको कोरोना संक्रमणले देशमा ठूलो प्रकोप निम्त्याएको उत्तर कोरियाली शासक किम जोङ-उनको भनाइ / नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गर्न आह्वान ।* युगान्डा विरुद्धको महिला टी-ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा / अनुभवि खेलाडी करुणा टिममा परिनन् / पहिलो खेल पर्सि ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ३० बैशाख २०७९

वैशाख ३०, २०७९

आजको मुख्य समाचार * स्थानीय तह निर्वाचनको मतदान सम्पन्न / मतपेटिका तोडफोडदेखि कर्मचारी कुटपिटका घटना / ४१ केन्द्रमा मतदान स्थगित / ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगको दाबी । * कडा सुरक्षाकाबीच मतपेटिका संकलन गरिँदै / मतगणना आजैदेखि / रौतहट, सप्तरी, बाजुरालगायतका जिल्लामा भने मतपेटिका संकलनमै अवरोध / सुरक्षा व्यवस्था र दलका गतिविधिप्रति आयोगको असन्तुष्टी । * शीर्ष नेताहरुले गरे आ-आफ्नो स्थानीय तहमा मतदान / झडप र कुटपिटको घटना दुखदायक भएको एमाले अध्यक्षको टिप्पणी / प्रचण्ड भन्छन्- चुनावमा हार जित स्वाभाविक ।* उत्तर कोरियामा कोरोना संक्रमणको कहर / साढे २ लाख संक्रमित / एक जनाको कोरोनाबाटै मृत्यु भएको पुष्टि । * कतारमा हुने फिफा विश्वकपको ट्रफी टुर सुरु / पहिलो पटक ट्रफीले सहभागी सवै ३२ राष्ट्रको भ्रमण गर्ने ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २९ बैशाख २०७९

वैशाख २९, २०७९

आजको मुख्य समाचार * स्थानीय निर्वाचनको सबै तयारी पुरा / मतदान भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म / एक लाख ४५ हजार उम्मेदवारको भविष्य मतदाताको हातमा / चुनावमा सरिक हुन निर्वाचन आयोगको अपील* नयाँ जनप्रतिनिधि छान्न घरघरमा उत्साह / भोट हाल्न आतुर मतदाता भन्छन्- सक्षम प्रतिनिधि छान्छौं । * निर्वाचनलाई भयरहीत बनाउन साढे दुई लाख सुरक्षाकर्मी तैनाथ / मौन अवधिकै बेला पनि मतदातामाथिको प्रलोभन र दलीय झडपका घटना रोकिएनन् । * महत्वाकांक्षी योजनाहरु कार्यान्यन नहुँदा बजेटप्रतिकै विश्वसनीयतामा प्रश्न / नयाँ बजेट आउन लाग्दा समेत पुरानाकै कार्यविधि बनेन । * श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध / प्रदर्शनकारीमाथि हिंसा गरेको आरोप / नयाँ प्रधानमन्त्रीको नाम आजै घोषणा गर्ने राष्ट्रपतिको तयारी ।

पूरा पढ्नुहोस् »