शिक्षा

स्वास्थ्य सावधानीका साथ कम प्रभावित क्षेत्रमा पढाइ सुरु

आश्विन ८, २०७७

कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध भएको विद्यालयले पठनपाठन गर्न थालेका छन् । संक्रमण कम भएका हिमाली तथा पहाडी जिल्लामा स्थानीय तहसँग समन्वय गरेर विद्यालयहरुले स्वास्थ्य सावधानीका साथ पढाइ सुरू गरेका हुन् ।

पूरा पढ्नुहोस् »

कर्णालीका विद्यालयमा अभावैअभाव

आश्विन ५, २०७७

कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा भौतिक संरचनाको अभाव छ । भएका भवन पनि जीर्ण छन् । त्यसमाथि नयाँ भवन निर्माणमा पनि लापरवाही भइरहेको छ । गएको असार महिनामा सकिनुपर्ने निर्माणाधीन एक सय ८७ विद्यालयका भवनमध्ये एक सय ३० वटा भवन अझै अधुरै छन् । कर्णाली प्रदेशका १० जिल्लाकै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार मात्र होइन विषयगत शिक्षकको समेत अभाव रहेको छ , यस्तो अवस्थामा विद्यार्थीले कसरी प्राप्त गर्लान् गुणस्तरीय शिक्षा ?

पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षाका लागि तीन विकल्प

आश्विन ३, २०७७

महामारीले रोकिएको विद्यालय तहको अन्तिम विन्दु १२ कक्षाको परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले तीनवटा विकल्प अघि सारेको छ । चरणबद्ध रुपमा पुरानै प्रणाली, अनलाइन र प्रश्न घटाएर छोटो परीक्षा लिने गरी तीन विकल्पसहितको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाएको छ ।

पूरा पढ्नुहोस् »

सेना मातहतको स्वास्थ्य विज्ञान संस्थानमा भर्ना सुरु

भाद्र ३१, २०७७

सरकारले शैक्षिक संस्था सञ्चालनमा लगाएको रोक हटाएको छैन । जसका कारण विद्यालय तहको भर्ना खुलेको छैन भने विश्वविद्यालय तहका परीक्षा रोकिएका छन् । तर नेपाली सेनाले भने सीटीइभीटीबाट सम्बन्ध प्राप्त कक्षाका लागि भर्ना खोलेको छ ।

पूरा पढ्नुहोस् »

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको परीक्षा लिने

भाद्र २९, २०७७

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह अर्थात पीजीको प्रवेश परीक्षा पहिलोपटक एकीकृत रुपमा लिन लागिएको छ । यसअघि विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूखुशी लिंदा भनसुन र आर्थिक चलखेलले विवादित परीक्षा चिकित्सा शिक्षा आयोगले लिन लागेको हो ।

पूरा पढ्नुहोस् »

शैक्षिक सत्रबारे निर्णयको जिम्मा स्थानीय तहलाई

भाद्र २७, २०७७

शिक्षा मन्त्रालयले महामारीमा पठनपाठन अगाडि बढाउने-नबढाने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पेको छ । कक्षा सञ्चालन सम्बन्धमा पाँच महिनासम्म अनिर्णीत भएपछि चर्को आलोचना खेपेको मन्त्रालयले नयाँ निर्देशिका जारी गरी शुल्क असुलीका सम्बन्धमा निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिएको छ ।

पूरा पढ्नुहोस् »

पाँच महिनामा पनि हटेन शैक्षिक सत्रको अन्यौल

भाद्र २४, २०७७

महामारीका कारण शिक्षण संस्था चैतदेखि नै बन्द छन् । सरकारले विद्यालय तहमा वैकल्पक सिकाइ कक्षा सञ्चालन गरिरहेको बताएपनि त्यो प्रभावकारी हुन सकेको छैन । वैशाखमा सुरु हुनुपर्ने शैक्षिक सत्रबारे पाँच महिना बित्न लाग्दा पनि अन्योल कायमै छ । तर शिक्षा मन्त्रालयसँग कुनै योजना छैन । जसका कारण शैक्षिक सत्र नै खेर जाने जोखिम बढेको छ । 

पूरा पढ्नुहोस् »

महामारीमा परीक्षाको हतारो

भाद्र २०, २०७७

कोरोना महामारी र निषेधाज्ञाकाबीच नेपाल मेडिकल काउन्सिलले आज चिकित्सकको लाइसेन्स परीक्षा लिँदै छ । काउन्सिलले अनलाइन प्रविधिको साटो संक्रमणको जोखिमलाई बेवास्ता गरी परीक्षा केन्द्र निर्धारण गरेर परम्परागतरुपमै परीक्षा लिन लागेको हो ।

पूरा पढ्नुहोस् »

तीन विश्वविद्यालय एक वर्षयता उपकुलपतिविहीन

भाद्र १८, २०७७

तीनवटा विश्वविद्यालय उपकुलपतिविहीन भएको एक वर्ष भयो । तर सत्तारुढ नेकपाभित्रै भागबण्डा नमिल्दा प्रधानमन्त्रीले नियुक्ति गर्न सकेका छैनन् । शिक्षामन्त्री संयोजक रहेको समितिले दिएको नामावलीको बेवास्ता गरी उनले अन्य उम्मेद्वार खोजिरहेका छन् । प्रधानमन्त्रीले नियुक्तिमा चरम विलम्ब गर्दा विवश्वविद्यालयको काम कारवाही नै प्रभावित भएको छ । 

पूरा पढ्नुहोस् »

नर्सिङसहित स्वास्थ्य शिक्षाका प्रवीणता प्रमाणपत्र तहका कार्यक्रम खारेज

भाद्र ११, २०७७

यस वर्षदेखि नर्सिङ, एचए, फार्मेसी लगायत स्वास्थ्य शिक्षाका प्रवीणता प्रमाणपत्र तहका कुनै पनि कार्यक्रम विश्वविद्यालय र प्रतिष्ठानहरूले सञ्चालन गर्न नपाउने भएका छन् । त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभिटीअन्तर्गत सञ्चालित प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम पनि खारेज भएका छन् । चिकित्सा शिक्षा आयोगको हालै बसेको बैठकले यो निर्णय गरेको हो । 

पूरा पढ्नुहोस् »

शैक्षिक सत्र कायम गर्ने प्रयत्न, ढिलो गरी निर्देशन

श्रावण २९, २०७७

शिक्षा मन्त्रालयले अनलाइन सिकाइलाई पनि आधार मानेर कार्ययोजना बनाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ । बुधबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले शैक्षिक सत्र कायमै राख्ने गरी यस्तो जिम्मा दिएको हो । 

पूरा पढ्नुहोस् »