अर्थ र विकास

खेर जाने बिजुली बचेर १२ अर्ब आम्दानी गर्ने प्राधिकरणको लक्ष्य

वैशाख २६, २०७९

वर्षातको समयमा करिब ६ सय मेगावाट बिजुली खेर जाने स्थिति आएपछि नेपाल विद्युत् प्राधिकरणले २ सय मेगावाट भारतीय बजारमा बेच्ने तयारी गरेको छ । टेन्डरमार्फत् नेपालले पहिलो पटक भारतलाई विजुली बेच्न लागेको हो । भारतलाई बिजुली बेचेर यस वर्ष १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्ने लक्ष्य प्राधिकरणको छ ।

पूरा पढ्नुहोस् »

निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले बढ्यो, भौतिक पूर्वाधारका आयोजना प्रभावित

वैशाख २१, २०७९

पछिल्लो ६ महिनाको अवधिमा मात्रै निर्माण सामग्रीको मूल्य लगभग ३० प्रतिशतले बढेको छ । विशेष गरेर डण्डी, सिमेन्ट, गिट्टी, बालुवा लगायतका सामग्रीको मूल्य बढेको हो । यो सँगै व्यक्तिले बनाउने घर लगायत सबै भौतिक पूर्वाधारका आयोजनाको लागतसमेत बढेको छ ।

पूरा पढ्नुहोस् »

उद्योगहरुमा १४ घन्टासम्म विद्युत कटौती, भारतबाट आयात रोकिनु प्रमुख कारण

वैशाख १९, २०७९

रुस-युक्रेन युद्धका कारण भारतमा कोइला आयातमा अवरोध भएपछि नेपालको बिजुलीमा पनि असर परेको छ । भारतबाट विजुली आयातमा समस्या भएपछि नेपाली उद्योगमा १४ घन्टासम्म बिजुली कटौती हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले भने भारतीय बजारमा बिजुली किन्न नपाएका दिनमा मात्रै समस्या भएको जनाएको छ । यो समस्या २० दिनभित्रै समाधान हुने दाबी प्राधिकरणको छ ।

पूरा पढ्नुहोस् »

दलका चुनावी घोषणापत्रमा अर्थतन्त्र सुधार्ने ठोस योजनाको अभाव

वैशाख १६, २०७९

स्थानीय तहको चुनावको चर्चा जति भइरहेको छ, त्यत्तिकै चर्चा मुलुकको खस्कँदो अर्थतन्त्रका बारेमा पनि हुने गरेको छ । मागअनुसारको उत्पादन बढ्न नसक्दा मुलुकको आयात उच्च वृद्धि हुँदा विदेशी मुद्रा सञ्चिति घट्नु अस्वाभाविक पनि होइन । रोजगारीको अभावमा दैनिक झन्डै १५ युवा विदेसिन रोकिने ठेगान छैन । अझ यही बेला स्थानीय चुनावका लागि दलहरुले तयार पारेको घोषणापत्रमा उत्पादन बढाउने र देशको बेरोजगारी घटाउने ठोस योजना नसमेटिनु अर्को निराश तथ्य हो ।

पूरा पढ्नुहोस् »

सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार असफल

वैशाख १५, २०७९

अनुकूल वातावरण हुादासमेत लक्ष्यअनुसार आर्थिक वृद्धि गर्न सरकार असफल भएको छ । बैंक तथा वित्तीय संस्थामा उल्लेख्य कर्जा वृद्धि हुादा र महामारीको असरसमेत खेप्न नपरेका बेलामा यस वर्ष सरकारले जम्मा ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । जबकी आर्थिक वर्षको प्रारम्भमा सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो ।

पूरा पढ्नुहोस् »

व्यापार घाटा थेग्नै नसक्ने गरी बढेपछि कृषि बजेट बढाउने तयारी

वैशाख ११, २०७९

मुलुकको व्यापार घाटा थेग्नै नसक्ने गरी बढेपछि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राख्ने भएको छ ।  व्‍यापार घाटा कम गर्न अत्यावश्यक बाहेकका वस्तु रोक्न नसकेपछि सरकारले कृषिजन्य उत्पादन बढाउनुलाई विकल्प मानेको हो । 

पूरा पढ्नुहोस् »

विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक पुग्न लाग्दा पनि नेपालले लाभ लिन सकेन

वैशाख १०, २०७९

नेपाल विश्व व्‍यापार संगठनमा जोडिएको १८ वर्ष भयो । विश्व व्यापारसँग जोडिएका कयौं देशले राम्रो लाभ लिए पनि हामी भने जहीँको तहीँ छौं । अत्यावश्यक र अति सामान्य खाद्यान्नदेखि लत्ता कपडासम्म हाम्रो परनिर्भरता बढेको बढ्यै छ ।

पूरा पढ्नुहोस् »

बुटवलमा ढुवानी ग्राम निर्माण

वैशाख १०, २०७९

पश्चिम क्षेत्रको व्यापारिक केन्द्र बुटवलमा व्यवस्थित ढुवानी ग्राम निर्माण गरिएको छ । जताततैबाट ढुवानी गर्दा बजार क्षेत्र र सडकमा ट्राफिक जाम गराउने र दुर्घटना बढाउने गरेपछि अहिले छुट्टै र व्यवस्थित ढुवानी ग्राम निर्माण गरिएको हो ।

पूरा पढ्नुहोस् »

कानुन नहुँदा नदीजन्य सामग्री उत्खनन् र निकासी ठप्प हुने जोखिम

वैशाख ८, २०७९

आर्थिक वर्षको अन्तिम हुन थालेपछि मात्रै विकास निर्माणका कामले गति लिने गरेको विगतदेखि कै अभ्यास छ । तर व्यवस्थित कानुन बनाएर मात्र नदीजन्य वस्तुको उत्खनन् र निकासी गर्न सर्वोच्च अदालतले आदेश दिएपछि यस वर्ष विकास निर्माणको काम झन् सुस्त हुने भएको छ ।

पूरा पढ्नुहोस् »

रोकिएन अर्थतन्त्रको ओरालो यात्रा

चैत्र ३०, २०७८

मुलुकको अर्थतन्त्र पछिल्लो एक वर्षमा ओरालो लागेको छ । घट्दो रेमिट्यान्स र बढ्दो आयातका कारण अर्थतन्त्र संकटोन्मुख देखिएको छ । यति नै बेला अर्थव्यवस्था सञ्चालनका मुख्य अंग अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्बन्ध पनि चिसिएको छ ।

पूरा पढ्नुहोस् »

विद्युतीय गाडी बिक्रेताले ग्राहकलाई महिनौं कुराउन थाले

चैत्र ३०, २०७८

इन्धनको अचाक्ली मूल्यवृद्धि भएपछि विद्युतीय सवारीको माग बढ्न थालेको छ । तर डिजल र पेट्रोलका गाडी छोड्न खोजेका उपभोक्ताले विद्युतबाट चल्ने गाडी नै पाउनै सकेका छैनन् । गाडी बिक्री गर्न मरिहत्ते गर्ने बिक्रेताले ग्राहकलाई महिनौं कुराउन थालेका छन् ।

पूरा पढ्नुहोस् »