कान्तिपुर समाचार, २५ वैशाख २०८१

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २५ वैशाख २०८१

आजका मुख्य समाचार,

* त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनाबारे सरकारले छानबिन गर्ने / अतिक्रमित जग्गा फिर्ती प्रक्रिया त्रिवि परिसरबाटै सुरु गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको घोषणा ।

* सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनबारे कांग्रेस र रास्वपा टसमस भएनन् / बजेट अधिवेशन सहज हुनेमा अन्योल / गतिरोध हटाउन सभामुखको पहल नै फितलो ।

* स‌ंसद्‌मा बोल्न पाउँ भन्दै सभामुखलाई गृहमन्त्री लामिछानेको निवेदन / बोल्ने हक कुण्ठित भएको गुनासो / आफूविरुद्धका उजुरीबारे महान्यायाधिवक्ता कार्यालयमा सोधेको खुलासा / प्रधानमन्त्रीको अनभिज्ञता ।

* बजेट कार्यान्वयनमा सरकार असफल / नयाँ बजेट सार्वजनिक हुन २० दिन मात्रै बाँकी हुँदा विकास खर्च जम्मा ३५ प्रतिशत / सरकार हरेक वर्ष एउटै गल्ती दोहोर्याउँदै ।

* खेलकुद मन्त्रालयले माग्यो दशरथ रंगशालामा मापदण्ड नपुगेका संरचनाको विवरण / पाँच दिनभित्र उपलब्ध नगराए राखेप र एन्फालाई कारबाही गर्ने मन्त्रीको चेतावनी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.