कान्तिपुर समाचार, २१ वैशाख २०८१

वैशाख २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २१ वैशाख २०८१

आजका मुख्य समाचार,

* ल्याबोरेटरी स्कुलले हडपेको त्रिविको एक सय आठ रोपनी फिर्ता गर्न अटेरी / १५० पटक पत्र पठाउँदासमेत आलटाल / राजनीतिक स्वार्थ समूहको संलग्नता ।

* देशका ५० भन्दा बढी ठाउँमा आज पनि आगलागी / यो वर्ष मात्रै २६ जनाले गुमाए ज्यान / नियन्त्रणमा ध्यानै दिन नसकेको गृहमन्त्रीको स्वीकारोक्ति ।

* नेपाली राजनीतिमा धोकाधडी मौलायो / दलहरु राजनीतिक संस्कार र नैतिकतामा नबस्दा गठबन्धन बन्ने र तोडिने शृंखला / अहिलेको समीकरणमा पनि आशंकै-आशंका ।

* इन्टरनेट अवरुद्ध गरे सेवा प्रदायकलाई कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी / सर्तबमोजिम सेवा दिन निर्देशन / प्राधिकरणको पहलमा तत्कालका लागि चल्यो इन्टरनेट ।

* विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने नेपाली क्रिकेट टोलीको बिदाइ / भोलि राति प्रस्थान गर्ने / विश्वकपअघि एकमहिने अभ्यास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.