कान्तिपुर समाचार, १९ वैशाख २०८१

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १९ वैशाख २०८१

आजका मुख्य समाचार

– पूर्वाधार र जनशक्तिबिनै अस्पतालहरूमा स्वास्थ्य उपकरण थुपार्ने होड / बिरामी उपचारका लागि भौतारिँदा भएकै डायलिसीस मेसिन र भेन्टिलेटर भने प्रयोगविहीन ।

– सार्वजनिक वनमा ठेकेदार र पहुँचवालाको रजाइँ चल्दा पनि संरक्षणमा सरकारको पुगेन ध्यान / न मन्त्रिपरिषद्‍मा छलफल न त, संसद् र संसदीय समितिको चासो ।

– श्रमिक हकहितको कुरा भाषणमै सीमित / रोजगारी खोज्दै युवा बिदेसिन बाध्य / आगामी बजेटमा रोजगारीलाई उच्च प्राथमिकतामा दिने प्रधानमन्त्रीको प्रतिबद्धता ।

– अमेरिकाका २५ भन्दा बढी विश्वविद्यालयमा गाजा युद्धको विरोधमा प्रदर्शन / युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्यालेस्टिनी र इजरायल पक्षधरबीच हिंसात्मक झडप । 

– रोहित पौडेलको कप्तानीमा टी-ट्वेन्टी विश्वकप खेल्ने १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा / सागर ढकाल र कमलसिंह ऐरी पनि समेटिए / सोमपाल दोस्रोपटक विश्वकप खेल्दै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.