कान्तिपुर समाचार, १६ वैशाख २०८१

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १६ वैशाख २०८१

आजका मुख्य समाचार

– आज झन्डै दुई सय स्थानमा डढेलो / दाङमा २५ घरगोठ जले / महोत्तरीका पीडितको पाँच दिनदेखि बिचल्ली / डढेलोको सूचना दिने प्रविधिको उपयोग नै भएन । 

– लगानी सम्मेलनको पहिलो दिन व्यापार र प्रविधिका दुई सम्झौता / प्रक्रिया सहज बनाउन लगानीकर्ताको आग्रह / नीतिगत सुधार गर्दै जाने प्रधानमन्त्रीको प्रतिबद्धता । 

– इलाम र बझाङमा मतगणना जारी / प्रारम्भिक मतपरिणाममा एमालेको अग्रता / इलाममा कांग्रेस दोस्रो र रास्वपाका उम्मेदवार चौथो स्थानमा । 

– मनमोहन कार्डियोथोरासिक सेन्टरको फार्मेसी अनियमिततामाथि त्रिविले थाल्यो छानबिन / औषधि बिक्री र फिर्ता अस्वाभाविक देखियो / ४६ जनाको उपचारमा १३ लाख झ्वाम ।

– वेस्टइन्डिज 'ए' विरुद्धको दोस्रो टी-ट्वेन्टीमा नेपाल १० रनले पराजित / सिरिजमा १-१ को बराबरी / कप्तान रोहितको उत्कृष्ट इनिङ्स / अरू ब्याटर चलेनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.