रुसका आन्द्रे रुवलेभ पहिलो पटक मड्रिड ओपन टेनिसको फाइनलमा

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसका आन्द्रे रुवलेभ पहिलो पटक मड्रिड ओपन टेनिसको फाइनलमा

काठमाडौं । रुसका आन्द्रे रुवलेभ पहिलो पटक मड्रिड ओपन टेनिसको फाइनल प्रवेश गरेका छन् । सातौं वरीयताका रुवलेभले सेमीफाइनलमा अमेरिकाका टेलर फ्रिट्जलाई सोझो सेटमा पराजित गरेका हुन् ।

पछिल्लो समय क्ले कोर्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका रुवलेभले पहिलो सेट ६-४ ले जितेका थिए । १२ औं वरीयताका फ्रिट्जले दोस्रो सेटमा पनि रुवलेभलाई बलियो चुनौती दिन सकेनन् । जसको फाइदा उठाउँदै रुवलेभले ६-३ को जितका साथ फाइनलमा स्थान सुरक्षित गरे ।

रुवलेभ जारी प्रतियोगिताको सेमीफाइनल खेल्ने उच्च वरियताका खेलाडी हुन् । उनको वर्षको यो दोस्रो फाइनल हो । रुवलेभले फ्रिट्जलाई पराजित गर्न मात्र ७३ मिनेट समय लगाएका थिए । अब उपाधिका लागि उनी र क्यानडाका फिलिक्स ओंजे यालि यासिमबीच प्रतिस्पर्धा हुनेछ । यालि यासिम चेक खेलाडी यिरी लहेच्का रिटायर्ड भएपछि फाइनल पुगेका हुन् ।

३५ औं वरीयताका यालि यासिम र ३० औं स्थानमा रहेका लहेच्काबीचको पहिलो सेट ३-३ अंकको बराबरीमा थियो । तर ढाडको समस्याका कारण लहेच्का खेल छोड्न बाध्य भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.