काठमाडौं । वेस्ट इन्डिज 'ए'विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपाल र वेस्ट इन्डिजको 'ए' बीचको चौथो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
घरेलु टोली नेपाल र वेस्ट इन्डिजको 'ए' बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको चौथो खेल आज हुन लागेको हो । खेल टीयू क्रिकेट मैदानमा अहिले दिउँसो सवा १२ बाट सुरु हुँदैछ । पाहुना टोली वेस्ट इन्डिज 'ए' पाँच खेलको सिजिरमा २-१ ले अघि छ ।
नेपालले पहिलो खेलमा ४ विकेटको जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । त्यसपछिका दुई खेलमा भने घरेलु टोली पराजित भयो । नेपालआजको खेल जितेर सिरिज बराबरी गर्ने लक्ष्यमा हुनेछ ।