नेपालको पहिलो विकेट गयो, कुशल भुर्तेल २ रनमा आउट

लोकेश बम रिटायर्ड हट, उनको ठाउँमा अनिल साह आए
वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालको पहिलो विकेट गयो, कुशल भुर्तेल २ रनमा आउट

काठमाडौं । नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टि-ट्वेन्टी खेलमा नेपालको पहिलो विकेट गएको छ । दोस्रो इनिङमा १६१ रनक लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले कुशल भुर्तेलको विकेट गुमाएको छ । उनी ८ बलमा दुई रन बनाउँदै क्याच आउट भए ।

यसअघि अर्का ओपनर ब्याटरलोकेश बम रिटायर्ड हट भएका छन् । उनको ठाउँमा अनिल शाह आएका छन् । अहिले नेपाल ४ ओभरको समाप्तिमा १ विकेट गुमाएर २१ रन बनाएर खेलिरहेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.