काठमाडौं । नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टी-ट्वेन्टी खेलमा सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् । तेस्रो ओभर बलिङ गर्न आएका ढकालले ओभरको दोस्रो र पाँचौं बलमा विकेट लिएका हुन् ।
दोस्रो बलमा एलिक एथान्जे क्याच आउट भए भने तेस्रो बलमा जोनसन चाल्स बोल्ड भएका हुन् । अहिले वेस्ट इन्डिज 'ए' ले ४ ओभरको समाप्तिमा २ विकेट गुमाएर २१ रन बनाएको छ ।