काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा संलग्न भएको प्रमाण पेस गरे आफूले राजनीति छोड्ने चुनौती दिनुभएको छ ।
नेपाली कांग्रेसले सदनमा लामिछानेमाथि छानबिन समिति गठन गर्नुपर्ने भन्दै संसद्मा बोल्न अवरोध गरेपछि बाहिरिनेक्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले थापालाई प्रमाण पेस गरे राजनीति छोड्ने चुनौती दिनुभएको हो । तर गगन थापाले प्रमाण पेस गर्न नसके थापाले राजनीति छोड्नुपर्ने लामिछानेको चुनौती छ ।
कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले लामिछानेले दिएको चुनौती स्वीकार भएको बताउनुभएको छ । गृहमन्त्री लामिछानेको सहकारी ठगीको प्रमाण काँग्रेससँग भएको भन्दै प्रमाण पुष्टि नभए आफूले राजनीति छाड्दिने लामिछानेको चुनौती स्वीकार गर्नुभएको हो । छानबिन समिति बनाएर कांग्रेसलाई गलत साबित गरिदिन थापाको लामिछानेलाई नै चुनौती छ ।
थापा र लामिछाने यसअघि पनि सहकारी ठगी प्रकरणलाई लाई सवाल-जवाफमा उत्रदै आउनुभएको छ ।