काठमाडौं । प्रतिनिधिसभाको बैठक यथास्थितिमा चल्न नसक्ने विषय आजको बैठकमा महामन्त्री गगन थापाले राख्नुभएको छ ।
निकै आक्रामक रुपमा प्रस्तुत हुनुभएका महामन्त्री थापा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको प्रमाण रहेको र यसलाई छानबिन समिति गठन गरेर गलत साबित गर्नसमेत सरकारलाई चुनौती दिनुभएको छ ।
‘जनसरोकारका विषयमा कुरा गरौं भन्ने थियो तर त्यो भएन । प्रश्न सोध्न उत्तर खोज्न आएका थियौं तर निमोठन खोजिएको छ,’ कांग्रेस सांसद थापाले भन्नुभयो ।
गृहमन्त्रीले सदन नचले पनि केही फरक पर्दैन भनेको नयाँ-नयाँ भएकाले थाह नभएको हुनसक्छ । प्रधानमन्त्रीलाई थाह हुनुपर्ने भन्दै थापाले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘सदनमा जे गर्ने सोच राखिएको छ त्यसको परिणाम ठीक नहुन सक्छ ।’
यो पनि...
सूर्यदर्शन सहकारीको बचत हिनामिनामा रवि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई ५ ‘क्लिनचिट’
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान, संसद्मा अवरोध