रास्वपाका मन्त्रीहरुको माग- हाम्रो सम्पत्ति सार्वजनिक गरियोस्

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाका मन्त्रीहरुको माग- हाम्रो सम्पत्ति सार्वजनिक गरियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पत्राचार गरेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल; शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई छुट्टाछुट्टै पत्र लेखेर आफ्नो-आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आमसञ्चारमाध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन अनुरोध गर्नुभएको हो ।

देशमा भ्रष्टाचार न्यूनीकरण गर्न, सदाचार आचरण महत्त्वपूर्ण हुने र त्यसका लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएकाले सार्वजनिक गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.