कोशीका मुख्यमन्त्रीलाई अर्जुननरसिंहको सुझाव- बहुमत गुमाएपछि पदमा बस्न मिल्दैन

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशीका मुख्यमन्त्रीलाई अर्जुननरसिंहको सुझाव- बहुमत गुमाएपछि पदमा बस्न मिल्दैन

विराटनगर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बहुमत गुमाएपछि पदमा बस्न नमिल्ने भन्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने आशयको अभिव्यक्ति दिनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको मंगलबार ३० दिन पग्नै लाग्दा नेता केसीको यो अभिव्यक्ति आएको हो ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले बहुमत गुमाएपछि पनि सत्तामा बस्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको तर्क गर्नुभयो । संविधानको धारा १६८ को उपधारा १, २ र ३ अन्तर्गतको सरकार असफल भएपछि अन्तिम विकल्पमा उपधारा ५ अन्तर्गत कार्कीको नेतृत्वमा सरकार गठन भएको स्मरण गर्दै उहाँले उपधारा ५ अन्तर्गत बनेको सरकारको बहिगर्मनको थप व्याख्यामा जोड दिनुभयो ।

संविधान र संसदीय मूल्य मान्यता उल्लंघन गरेर स्वार्थ पूरा गर्ने प्रवृत्ति हाबी भएको भन्दै नेता केसीले बहुमतै नपुगी गण्डकीका सभामुखले सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरेको भन्दै आलोचना गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.