लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालले सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

‘रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउने प्रयास भइरहेको छ’
वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालले सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालले आफ्नो सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको भूभागमा नेपालले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अभ्यास गर्न पाउनुपर्ने बताउनुभएको हो । उहाँले भारतसँग कुनै विवाद भए कूटनीतिक रुपमा समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । त्यसका लागि पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) ले बनाएको प्रतिवेदनलाई भारत पनि सकारात्मक रुपमा लिएर बुझ्ने र त्यसपछि दुई देशबीचको छलफलको एजेन्डा बनोस् भन्ने चाहना रहेको बताउनुभयो ।

यस्तै मन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाली फिर्ताका लागि रुसको रक्षा मन्त्रालयसँग कुरा गर्न प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले राजनीतिक दलका नेताहरुले विदेशी भेट्दा परराष्ट्र मन्त्रालयको ब्रिफिङ नलिने र कुनै तयारीसमेत नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले नेपालको कूटनीतिक आचारसंहिता पालनामा कमजोरी रहेको स्वीकार्नुभयो ।

यो पनि...

भारतले ६ वर्ष हुँदा पनि ईपीजी प्रतिवेदन बुझ्न मानेन

नोटमा नयाँ नक्सा छापिँदै, भूमि फिर्ता कहिले ?

नोटमा नयाँ नक्सा राख्ने नेपालको निर्णयप्रति भारतीय विदेशमन्त्री जयशंकरको असन्तुष्टि


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.