पोखरा । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताललाई संसद बैठकमै कालोझन्डा देखाइएको छ ।
कांग्रेस सांसदहरुले संसदमै सभामुखलाई कालोझन्डा देखाएका हुन् । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेका भन्दै उनीहरूले कालोझन्डा देखाएर विरोध गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले ३० मत पाउनु भएको हो । ६० सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ३१ सीट चाहिन्छ । तर सभामुखले ३० लाई नै बहुमत घोषणा गर्नु भएको हो ।