नागरिक उन्मुक्तिको रेशम पक्षले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

वैशाख २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नागरिक उन्मुक्तिको रेशम पक्षले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका प्रमुख सचेतक खुशीराम डंगौरा थारुले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन निर्देशन जारी गर्नु भएको छ । थारु नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षका हुन् ।

आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइए पनि बस्न सकेको छैन ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको भए पनि विश्वासको मत दिने वा नदिने विषयमा सत्तारुढ दल एमालेले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.