यस्तो रहनेछ आजको मौसम– कतै वर्षा, कतै हावाहुरी

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस्तो रहनेछ आजको मौसम– कतै वर्षा, कतै हावाहुरी

काठमाडौँ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको र कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश र बागमती  प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । 

यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । 

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.