अनलाइन सट्टेबाजी गराउने १३ जना भारतीय नागरिक बुटवलबाट पक्राउ

वैशाख २५, २०८१ |भुवन पाण्डे
अनलाइन सट्टेबाजी गराउने १३ जना भारतीय नागरिक बुटवलबाट पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले अनलाइन खेलमार्फत सट्टेबाजी गराउने १३ जनालाई बुटवलबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले सूचनाका आधारमा बुटवलको  कालिकानगरबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले जानकारी दिनुभयो । 

व्यापारिक प्रयोजनका लागि भन्दै गएको मङ्सिर महिनादेखि प्लाट भाडामा लिएर अवैध क्रियाकलाप गरिरहेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान गर्न आज जिल्ला अदालतबाट म्याद थप गरी प्रक्रिया अगाडि बढाउन थालेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय अनलाइन खेलमार्फत सट्टेबाजी गर्ने र गराउने गिरोह सक्रिय भइरहेकोले त्यसको खोजी भइरहेको प्रहरी जनाएको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।