बागलुङको ढोरपाटनमा चट्‌याङ लागेर एक जनाको मृत्यु

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागलुङको ढोरपाटनमा चट्‌याङ लागेर एक जनाको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटनमा चट्‌याङ लागेर एक जनाको मृत्यु भएको छ । 

सोमबार साँझ परेको चट्‌याङले ढोरपाटन नगरपालिका ३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । 

घरमा परेको चट्‌याङ लागि घाइते भएका पुनको उपचारको क्रममा स्थानीय बुर्तिबाङ स्वास्थ्य चौकीमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.