काभ्रे । काभ्रेको बनेपा नगरपालिका- ६ बुडोल डाँडाको शान फर्निचरमा हिजो राति आगलागी भएको हो ।
बनेपा-६ बस्ने रोशन श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचरमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहान ५ बजे आगो नियन्त्रणमा लिइसकेको छ ।
हिजो राति ९ लागेको आगोले कति क्षति गर्यो भन्ने विवरण भने आउन बाँकी नै छ ।