भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रहरीले सोमबार अभद्र व्यवहार गर्दै सडक किनारमा तरकारी बेच्नेहरुको ठेलागाडा नियन्त्रणमा लिएका छन् ।
मध्यपुर र सूर्यविनायक नगरपालिका जोड्ने वायरिलां पुलको छेउमा तरकारी बेचिरहेका किसानमाथि जबरजस्ती गरी नगर प्रहरीले दिलकुमार तामाङ, दोमा तामाङलगायतको ठेलागाडा जफत गरेका छन् ।
नगर प्रहरीले जबरजस्ती ठेलागाडा जफत गरी गाडीमा राखेर लगेपछि दोमा त्यही केही समय बेहोस नै हुनुभयो । पछि उहाँलाई वरपर रहेका सर्वसाधारणले उठाएका थिए । पछिल्लो समय नगर प्रहरीको ज्यादति बढिरहेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । नगर प्रहरीले सडकमा अव्यवस्थित रुपमा व्यापार गरिरहेकाहरुलाई हटाउँदै आएको छ ।