गृहमन्त्री लामिछानेविरुद्ध परेको राहदानी दुरुपयोगसम्बन्धी रिटको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री लामिछानेविरुद्ध परेको राहदानी दुरुपयोगसम्बन्धी रिटको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपसहित परेको रिट सर्वोच्च प्रशासनले गरेको दरपीठमाथी सुनुवाइका लागि कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई प्रतिवादी बनाएर पेस गरिएको रिटमा कम्पनी रजिस्ट्रार कार्यालय, गृह मन्त्रालयलगायतबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । 

युवराज पौडेलले यही वैशाख १७ गते दिएको निवेदनलाई सर्वोच्च प्रशासनले वेरितको भएको भन्दै दरपिठ गरिदिएको थियो । रिटमा सहकारी ठगीलगायतका प्रकरणमा मुछिएका गृहमन्त्रीलाई पदबाट हटाउन अन्तरिम आदेशको माग गरिएको थियो ।

यसअघि महान्यायाधिवक्ता कार्यालयले २०७९ साल चैत ६ गते गृहमन्त्री लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.