बैतडी महाकालीबासीको तिर्खा मेट्ने कोही भएन

असार २६, २०७६

घरको आागनमा उभिदाा महाकाली नदी ठुलो आवाजमा बगिरहेको सुनिन्छ, तर महाकाली नजिकै बैतडीको पञ्चेश्वर गाउापालिका वडा नम्बर २ महाकाली र वडा नम्बर ४ बिनायका बासिन्दाले खानेपानीको चरम अभाव खेपिरहेका छन् । स्थानीय मुलहरुले जेनतेन गुजारा गरिरहेका यहााका बासिन्दाले हरेक गर्मीयाममा पानीको लागि निकै कष्ट उठाउनु पर्छ । यहाँ पिउन, सरसफाई गर्न र बस्तुभाउलाई खुवाउन समेत पानीको अभाव छ । चितुवाबाट आतंकित क्षेत्रका रुपमा चिनिने यस ठाउाका महिलाहरु पानीकै लागि रातभर जाग्राम बस्न र घण्टौं हिडेर पानी ल्याउन बाध्य छन् ।पञ्चेश्वर गाउापालिकाका अधिकासं ठाउमा खानेपानीको अभाव छ । नजिक कुनै पानीका मुहान नभएकाले समस्या भएको र लिप्टिङ गरेरै भएपनि समस्याको समाधान गर्ने गाउँपालिकाको तयारी छ । पानीकै लागि बैतडीको बिनाय र महाकालीका स्थानीयले गरेको संघर्ष निकै टिठ लाग्दो छ । समस्या समाधानका लागि स्थानीय सरकारले तदारुकता देखाउनु जरुरी छ ।