सडक निर्माणको नाममा रुकुम पश्चिममा अन्धाधुन्ध डोजरको प्रयोग

असार २६, २०७६

सडक विकासको प्रमुख आधार हो । तर, मापदण्डविपरीत सडक खनिादा रुकुम पश्चिमका अधिकांश सडकको हविगत यस्तो भएको हो । लाखौं रकम खर्चेर बनाइएका यी सडकमा गाडी गुड्ने अवस्थै छैन । ठाउँ-ठाउँमा पहिरो खसेको जस्तो देखिने यहााका सडक मापदण्डविपरीत खनिएकै कारण भूक्षयलगायत प्राकृतिक प्रकोपको जोखिम बढेको छ । सार्वजनिक खरिद नियमावली, २०७५ मा सडक निर्माणपूर्व डीपीआर गर्नुपर्ने, प्रारम्भिक वातावरणीय परीक्षण र यातायात गुरुयोजना बनाउनुपर्ने उल्लेख छ । तर, यी नियम लत्याउादै जथाभावी सडक निर्माण गरिादा सरकारी लगानी खेर गइरहेको छ । स्थानीय आवश्यकता, भू-बनौट र सकेसम्म कम वातावरणीय क्षतिमा दिगो योजनाका साथ सडक निर्माण गर्नुपर्ने हो । तर, सबै गाउामा बाटो पुर्‍याउने भन्दै जथाभावी सडक खनिादा त्यसबाट स्थानीय बासिन्दालाई समेत कुनै सुविधा पुगेको छैन ।स्थानीय सरकार बनेपछि त रुकुम पश्चिमका डााडाहरुमा झनै डोजर कुदेका देखिन्छन् । तर भीर, पाखामा सडक खन्दा कुन-कुन पक्षमा सावधानी अपनाउनुपर्ने हो भन्ने हेक्का जनप्रतिनिधिहरुले गरेका छैनन् ।  अचम्मको कुरा त, जिल्लाभरिमा कति सडक खनिएको छ र ती सडकको हालको अवस्था के छ भन्ने यकिन तथ्यांकसमेत रुकुम पश्चिमका कुनै सरकारी कार्यालयसाग छैन । नागरिकलाई सडक सुविधा दिनु राम्रो हो । तर, मापदण्डविपरीत खन्दा नागरिक स्वयंले लाभ लिन सक्दैनन् भन्ने नमुना यी सडक बनेका छन् । त्यसैले सडक खन्नुअघि यातायात गुरुयोजना बनाएर मात्रै काम अघि बढाउने कि ?