मुलुकभरका १६ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू

असार २६, २०७६

धनकुटाको भीरगाउामा रहेको टंक माध्यमिक विद्यालयको कक्षा दुइमा पढ्ने अस्मीत गुरागाई सन्दर्भ पढाइ सामग्रीमा समावेश नेपाली भाषामा छापिएका छोटा बाक्य सहितका बालगीत, कथा र कविता प्रष्ट उच्चरण गरि पढ्न सक्ने भएका छन् । रमाइलो पढाइ दिगो सीकाईको उदेश्य राखेर दुइबर्ष अघिबाट यो विद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम लागू गरिएको हो । बालमैत्री पूर्वाधार र वातावरण पाएपछि अस्मीतजस्तै यो विद्यालयको कक्षा एक, दुइ र तीनका विद्यार्थीमा देखिएको पढाइ प्रतिको तत्परताले शुद्धसाग पढ्ने, पढेका कुरा बुझ्ने र बुझेका कुरालाई बोलेर वा लेखेर व्यक्त गर्ने बानीमा सुधार हाुदै गएको छ । धनकुटाका दुइ सय ९१ विद्यालयमा यो कार्यक्रम लागू गरिएको छ । ९४ वटा विद्यालयलाइ नमूनाका रुपमा छानेर कक्षा कोठा ब्यबस्थापनका लागि दुइलाख रुपैयााका दरले अनुदान उपलब्ध गराइएको छ । मुलुकभरका १६ जिल्लामा चलिरहेको यो कार्यक्रम आउादो साउन महिनाबाट ३० जिल्लामा बिस्तार हुादैछ ।