नेपाली उद्योगलाई चाहिने ९० प्रतिशत जुट भारत र बंगलादेशबाट आयात

असार २६, २०७६

पूर्वी तराईको प्रमुख नगदेबाली जुट खेती अढाई दशकअघि ५४ हजार हेक्टरमा हुन्थ्यो। पछिल्लो समय ११ हजार हेक्टरमा झरेको छ। जुट अनुसन्धान केन्द्र इटहरीका अनुसार पूर्वी तराईमा गएको वर्ष ११ हजार हेक्टरमा जुट खेती हुादा १७ हजार टन कच्चा जुट उत्पादन भएको थियो। केन्द्रका अनुसार संकटमा परेको जुट खेती यस वर्ष १४ हजार हेक्टरमा हुने अनुमान गरिएको छ। जुट खेतीप्रति किसानको आकर्षण घट्दै गएपछि केन्द्रले जुट खेती बढाउन मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहाका किसानलाई यसपालि करिब चार क्विन्टल बीउ निःशुल्क वितरण गरेको छ । ती जिल्लाका विभिन्न गाउापालिकामा विभिन्न ११ वटा नयाा जातका बीउको परीक्षण पनि गरेको छ। किसानलाई जुट खेतीका लागि दिइने मलबीउको सहुलियत बन्द भएपछि किसानले जुट खेती गर्न छाडेका हुन् । किसानलाई आर्थिक र प्राविधिक सहयोग गर्ने जुट विकास केन्द्र बन्द भएपछि किसानले जुट खेती गर्न छाडेका हुन् ।  जुट विकास संस्थान अस्तित्वमा हुँदा किसानलाई आर्थिक र प्राविधिक सहयोग प्राप्तहुन्थ्यो । किसान पनि जुट खेतीमा आकषिर्त थिए । संस्थान बन्द भएपछि किसानले सहयोग पाउन छोडे र  खेती घटेकाले उद्योगलाई चाहिने ९० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्नुपर्ने अवस्था आएको हो ।