कृषिमन्त्रीले भनेका कुरा गलत हुन् - ज्योति बानियाँ [भिडियो वार्ता]

असार २६, २०७६

भारतबाट आयात हुने विषादीयुक्त फलफूल तथा तरकारी परीक्षण स्थगन गर्ने सरकारी निर्णय तत्कालन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले असार २ गते राजपत्रमा प्रकाशित निर्णय कार्यान्वयन हुन नसक्नुको कारण समेत माग गरेको छ । साथै, विषादी परीक्षणका विषयमा छलफल गर्न असार ३० गते दुवै पक्षलाइ बोलाएको छ ।

भारतबाट आयातीत फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयले नेपाली बजार तथा उपभोक्ताको स्वास्थ्य थप असुरक्षित बनेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमिल्सना र कुमारी खरेलले हिजो रिट निवेदन दायर गरेका थिए । असार २ गते आयातीत तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले असार १८ गते पूर्वाधार अभाव देखाउँदै निर्णयबाट पछि हटेको थियो ।

यसै सम्बन्धमा रुपेश श्रेष्ठले उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँसँग कुराकानी गरेका छन्।