डिजाइन बनिसकेको सुरुङ मार्गमा विस्तृत अध्ययनका लागि बजेट विनियोजन ।

जेष्ठ २९, २०७६

उत्तर दक्षिण लोकमार्गअन्तर्गत दोलखाको लामाबगरदेखि चीनको सीमासम्म बनाइने सडकअन्तर्गत सुरुङमार्ग निर्माण गर्नुपर्ने भएकाले सडक विभागले पााच वर्ष पहिले नै विस्तृत अध्ययन गरेर डिजाइन नै तयार पारेको  थियो । विभागले माथिल्लो तामाकोशीको बााधस्थलबाट नौ सय मिटर सुरुङमार्ग बनाउन चिनियाा कम्पनी सिनो हाईड्रोमार्फत विस्तृत अध्ययन गराएर २०७१ मंसिरमा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । तर त्यतिबेलाको प्रतिवेदन हराएको भन्दै मन्त्रालयले अध्ययन गर्न भन्दै बजेट छुट्याएको छ । त्यतिबेला डिजाइन समेत बनाइ सुरुङ मार्ग बनाउन २१ करोड रुपैयाा लाग्ने अनुमान गरिएको थियो । प्रतिवेदन हात परेलगत्तै काम गरेको भए सुरुङमार्ग निर्माण भइसक्थ्यो । तर अहिलेसम्म लामाबगरदेखि चीनको सीमासम्मको १२ किलोमिटर दूरीमध्ये जम्मा ३ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । १० बर्षमा जम्मा ३ किलोमिटर सडकको मात्र ट्रयाक खनिनु र  डिजाइन समेत बनाइएको सुरुङ मार्गको फेरि अध्ययनका लागि बजेट छुट्याइनुले भौतिक पूर्वाधार मन्त्रालय नै आयोजना चााडो सक्नतिर भन्दा लागत बढाउन मात्र तल्लिन भएको होइन भन्ने प्रश्न उब्जिएको छ ।