समानुपातिक सांसदलाई पनि बजेट बाँड्ने प्रदेश एक सरकारको तयारी ।

जेष्ठ २९, २०७६

केन्द्रको सिको गर्दै प्रदेश १ सरकारले चालु आर्थिक वर्ष प्रत्यक्ष निर्वाचित सांसदलाई विकासका योजना संचालन गर्न भन्दै दुई करोड रुपैयााका दरले बजेट दिएको छ । त्यो बजेटको सदुपयोग नभएको बरु कानुन बनाउने जिम्मेवारीमा रहेका सांसद ठेकेदारजस्ता भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । तर, प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष समानुपातिक सांसदलाई समेत  विकास बजेट दिने तयारी गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा समानुपातिक सांसदले आफूहरुले पनि निर्वाचित सांसदसरह बजेट पाउनुपर्ने माग गरेपछि प्रदेश १ सरकार उनीहरुलाई बजेट दिएर खुशी बनाउनतिर लागेको हो । प्रदेश १ मा ९३ जना सांसद रहेकामा यो वर्ष प्रत्यक्ष निर्वाचित ५६ जना सांसदले बजेट पाएका छन् । केन्द्रले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा निर्वाचित सांसदले खर्च गर्ने बजेट जनही ६ करोड रुपैयाा पुर्‍याएकाले प्रदेश सांसद समेत त्यस्तो बजेट पााच करोड रुपैयाा पुर्‍याउन दबाब दिइरहेका छन् । विकास निर्माणका काम गर्ने जिम्मा सरकारको हो । तर सरकारका गलत काममा खबरदारी गर्ने र नीति निर्माणमा संलग्न हुनुपर्ने सांसदले यसरी विकासका नाममा बजेटका लागि दबाब दिनुले उनीहरुको नियतमाथि नै प्रश्न उठाउने क्रम बढेको छ ।