जग्गा प्लटिङकै लागि झापाका चारवटा चिया उद्योग संकटग्रस्त घोषणा ।

जेष्ठ २९, २०७६

झापाका बाधुकरण एण्ड सन्स टि स्टेट, गिरिबन्धु टी स्टेट, मित्तल टी स्टेट र सतिस्घट्टा टी स्टेट २०२१ सालभन्दा अगाडि स्थापना भएका हुन् । यी चारवटा उद्योगले आफूलाई संकटग्रस्त घोषणा गरेका छन् । श्रमिकको ज्याला वृद्धिको कारण व्यवसायीले उद्योग चलाउन नसकेको भन्दै उद्देश्य परिवर्तन गर्न सरकारसाग माग गरिरहेका छन् । खेती प्रणाली परिवर्तन गरी सुपारी, रबर खेती, पशुपालन, मत्स्यपालन लगायत विकल्प हुादाहुादै घडेरी बनाएर बेच्न पाउनुपर्ने माग उद्योगीको छ ।  

औसतमा चिया बगान उद्योगीसँग ३ सय बिघा जग्गा छ । भूमि सुधार ऐनमा ११ बिघाभन्दा बढी लग्गामा हदबन्दी लाग्छ । उत्पादनमूलक उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दीभन्दा बढी जग्गा राखेका बगान सञ्चालकहरु अहिले घडेरी बनाएर बेच्न खोज्दै छन्, जुन सरकारबाट पाएको नीतिगत सहुलियतकै दुरुपयोग हो । यसले हजारौा मजदुर विस्थापित हुने भन्दै श्रमिक संगठनहरुले समेत विरोध जनाएका छन् ।

रासायनिक मल तथा बिजुलीमा ५० प्रतिशत छुट, हरियो पत्तीमा प्रतिकिलो १० रुपैयाा अनुदान पाउनुपर्ने माग उद्योगीले राखेका थिए । बजेट मार्फत यी माग पूरा नभएको भन्दै उद्योगीहरुले संकटग्रस्त उद्योग घोषणा गरी सरकारलाई गलाउने नीति लिएका छन् । माग जेे अघि सारे पनि, जसरी हुन्छ, उद्योग बन्द गर्ने र हदबन्दी नलाग्ने गरी सहुलियतमा पाएको जग्गा प्लटिङ गरेर बेच्ने एक मात्र दाउ उद्योगीहरुको रहेको प्रस्ट देखिन्छ ।