निर्वाचन क्षेत्रमा १० करोड रुपैयाँ बाँड्न पाउनुपर्ने संघीय सांसदको मागप्रति प्रदेशका सांसदको आपत्ति

जेष्ठ १०, २०७६

संघीय सांसदले अहिले पाउँदै आएको संसदीय विकास क्षेत्रको बजेट समेत दुरुपयोग गर्दै विकासमा भन्दा पनि आपmना कार्यकर्ता पोस्ने योजनामा खर्च गर्दै आएकाले यस्तो नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने संसद्भित्र र बाहिर आवाज उठ्न थालेको छ । सुदूरपश्चिम, कणर्ली र प्रदेश ५ का सांसदले  संघीय सांसदलाई पोस्ने जस्तो पक्षपातपूर्ण नीति नै खारेज हुनुपर्ने माग गरेका छन् । केही सांसदहरु भने संघीय सांसदलाई निर्वाचन क्षेत्रअन्तर्गत खर्च गर्न पाउने गरी बजेट दिने नै हो भने  प्रदेश सांसदले  पनि पाउनुपर्ने जिकिर गर्छन् । स्थानीय तहलाई अधिकार सम्पन्न गराउने संघीय सरचनाको मर्म र भावनाविरुद्ध हुने भन्दै  कणर्ाली र सुदूरपश्चिम प्रदेशमा पनि यसको अलोचना भएको छ । आगामी वर्षको बजेट  तर्जुमाको तयारी गरिरहेकै बेला संघीय संसद्को ध्यानाकर्षण गर्दै संघीय सांसद पोस्ने नीति खारेज गरी स्थानीय तहलाई अधिकार सम्पन्न गराउन प्रदेश सांसद् र स्थानीयले आग्रह गरेका हुन् । अहिले सम्मको धेरै जसो बजेट सांसदले आफनो नीजि सम्पत्ति जस्तो ठानेर अनुत्पादक  क्षेत्रमा  खर्च गरेका  छन् ।    सांसदले आफू मानोमानी ढंगले देशको ढुकुटी  रित्याउने, तर   जनताले अपेक्षाकृत प्रतिफल नपाउने जस्तो संसद् विकास कोषको अवधारण नीतिगत भ्रष्टाचरको अर्को रुप मानिादै आएको छ  । यस्तो नीति खारेज गरी आर्थिक अनुशासन कायम गर्न ध्यान दिनु जरुरी छ ।