नेकपालाई केन्द्रीय नेताहरुको कार्यविभाजन र पोलिटब्यूरो चयन गर्न सकस

जेष्ठ ९, २०७६

एकीकरण भएको दुइबर्षभित्र महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने सहमति गरेको नेकपा नेतृत्वको ध्यान यतिखेर आफ्नो समुह बलियो बनाउनेमा केन्द्रीत छ । एकबर्षमा बल्लतल्ल समायोजनको काम सकेको नेकपा नेतृत्व अहिले फेरि पोलिटब्यूरो चयन र कार्यविभाजनमा आएर अल्झेको छ ।  १ सय ४७ सदस्यीय पोलिटब्यूरो र ४४१ केन्द्रीय सदस्यलाई जिम्मेवारी दिन निर्णय नेताहरुबीच नै रसाकस्सी चलेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठनेता माधवकुमार नेपालबीच सहमति नुहँदा सचिवालय बैठक समेत बस्न सकिरहेको छैन् । 

  एकबर्ष यता केन्द्रीय नेताहरु नै भुमिकाविहीन छन् । उनीहरुले शीर्ष नेताहरुको निर्णय क्षमता कमजोर हुँदा केन्द्रदेखि स्थानीय तहसम्म पार्टीको गतिविध ठप्प भएको भन्दै छिटो कार्यविभाजन तोक्न माग गरिरहेका छन् । 

नेकपाभित्र यतिखेर चार समुह देखिएका छन् । पूर्वएमालेमा अध्यक्ष ओली र  नेता नेपालको समुह छ भने पूर्वमाओवादी केन्द्र तर्फ अध्यक्ष दाहाल र गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापाको छुट्टाछुट्टै गुट छन् । 

पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ र माओवादी केन्द्रको भागमा ६६ जना राख्ने सहमति भएपनि गुटगत भागबण्डा नमिल्दा संख्या टुङ्गयाउन नेतृत्वले नै आनकानी गर्दै आएको छ ।