इटहरी रंगशालामा फूटबल खेल्न बालबालिकाको ओइरो

जेष्ठ २, २०७६

 रंगशाला परिषरमा विभिन्न विद्यालयका र केही सार्वजनिक सहित दर्जनौा बसहरू पार्किङमा थिए । सयौाको संख्यामा निकै उत्साहका साथ जर्सी र बुटजुत्ता सहित फुटबलको पछिपछि दौडिरहेका थिए । त्यो पनि ठुलो खेलाडी बन्ने लक्ष्यका साथ ।

बिद्यालयस्तर देखी नै खेलाडी उत्पादन गर्ने उद्देश्यले गत भदौ ३० गतेबाट नेपालका ४७ जिल्लामा ग्रासरुट कार्यक्रम सुरु भएको हो । सुनसरीमा सोही कार्यक्रममा २ हजार चार सय बालबालिका सहभागी छन । तीनै बालबालिका मध्येबाट १ सय ६० जना बालबालिका सहभागी हुने भनिएकोमा ग्रनसरुट डे कार्यक्रममा त्यसको दोब्बर संख्यामा बालबालिका भेला भएर फूटबलमा रमाए । बालबालिको फुटबल प्रतिको लगाव देखेर प्रशिक्षकहरु नेपाल दक्षिण एसियामै एएफसीको कार्यक्रम अन्तर्गत नेपालको सुनसरी सहित बारा र रुपन्देहीमा आज मे १५ तारिखमा ग्रासरुट डे मनाइयो । ग्रासरुट डे कार्यक्रमा सुनसरीको इटहरी रंगशालामा फूटबल खेल्न बालबालिको ओइरो लागेको थियो । यसले थाहा हुन्छ नेपालमा फुटबलको क्रेज कति धेरै छ भनेर ।