Kantipur Samachar | कान्तिपुर समाचार, ०१ जेठ २०७६

जेष्ठ १, २०७६

आजको मुख्य समाचार -

* अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकसँग विशेष अदालतद्वारा ७८ लाख धरौटी माग / बैंक ग्यारेन्टीमा रिहाइको तयारी ।

* प्रत्यक्ष निर्वाचित सांसद सरह नै बजेट बाँड्न पाउनुपर्ने समानुपातिक र राष्ट्रिय सभाका सांसदको दाबी / सांसद-सांसदबीच नै विभेद गरिए कार्यक्रम नै खारेज हुनुपर्ने सर्त ।  

* उच्च शिक्षा सुधारका लागि सरकारी प्रयास विफल / वर्षेनि १० अर्ब रुपैयाँ लगानी गरे पनि ७३ प्रतिशत विद्यार्थी असफल ।   

* राज्यको ठूलो लगानीमा चलेका संस्थामा वर्षौँदेखि लेखा परीक्षण नै नगराउने रोग / वार्षिक ६ अर्ब बजेट परिचालन गर्ने त्रिभुवन विश्वविद्यालयको कारोबार ३४ वर्षदेखि अँध्यारोमा ।  

* मनाङ मर्स्याङ्दी क्लबले घरेलु मैदानको फाइदा उठाउन सकेन / एएफसी कपमा मनाङ भारतीय क्लब मिनेर्वा पञ्जावसँग एक एक गोलको बराबरीमा रोकियो ।