आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

जेष्ठ १, २०७६

इन्डियन प्रिमियर लिग खेलेर स्वदेश फर्किएका स्पिनर सन्दिप लामिछानेले अब राष्ट्रिय टिमको प्रतियोगितामा ध्यान दिने बताएका छन । गत सिजन पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया लगायतका टि-ट्वान्टी फ्रेन्चाइजी लिग खेले उनले अब भने छानेर मात्र खेल्ने प्रतिक्रिया दिएका छन । यो सिजन सन्दिपका लागि आइपिएल कस्तो, रह्यो, अर्को सिजन के उनी दिल्ली क्यापिटल्सबाटै खेल्न चाहन्छन् ? यी लगायतका विषयमा सहकर्मी सबिना कार्कीले कुराकानी गरेकी छिन् ।